Logo

अध्यादेश जारी भए आजै निर्वाचन आयोगमा गएर दल दर्ता गर्छौं : मेटमणि चौधरी (भिडिओसहित)



काठमाडौं, १ भदौ । नेकपा (एमाले) का सांसद तथा नेता मेटमणि चौधरीले दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयबाट जारी भएर प्रकाशन भए आजै दल दर्ताको लागि निर्वाचन आयोग जाने स्पष्ट पारेका छन् ।

उनले भने,‘हामी आजै निर्वाचन आयोग गएर पार्टी दर्ता गराउँछौं । अब हामीले बनाउने पार्टी केपी ओलीको भन्दापनि धेरै शक्तिशाली बनाउँछौं । हामी नयाँ पार्टीको प्रक्रिया गैसकेका छौं । चार महिना महिनापछि सबै कम्युनिष्ट पार्टीसँग एकता हुन्छ ।’

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । सरकारको उक्त निर्णयलाई माधव नेपाल समूहले स्वागत गरिसकेको छ । तर, राष्ट्रपति कार्यालयले भने अहिलेसम्म अध्यादेश जारी गरेको छैन् ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्