Logo

महेश बस्नेतको घोषणा : परमादेशवाला मापसे सरकारलाई सडकमा पुर्याउँछौं



काठमाडौं, १ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई सडकमा पुर्याउने घोषणा गरेका छन् । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि सामाजिक सञ्जाल फेशबुकमार्फत आक्रोश पोख्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशवाला मापसे सरकारको संज्ञा दिँदै यसलाई सडकमा पुर्याउने घोषणा गरेका छन् ।

उनले लेखेका छन्–

कतन्त्रमा दल विभाजन हुनु जटिल बैधानिक प्रक्रिया हो। कुनै दल बिभाजन हुँदा लोकतन्त्र र राजनैतिक स्थिरतामा सपोर्ट पुग्दा राम्रै हो। बिगतमा केपी ओली सरकारले अध्यादेश ल्याउदाँ साना दल भित्रको निरंकुशता अन्याय र थिचोमिचोको बिरुद्ध बिद्रोह गर्न चाहेका तत्कालिन संघीय समाजबादी दलका सांसदहरुलाई एमालेमा ल्याउने मूल धेय थियो। तत्कालिन नेकपाका दोश्रो अध्यक्ष प्रचण्ड,माधब नेपाल अनि बिपक्षी कांग्रेस र सो पार्टीका नेताहरुले रोइलो गरेका कारण सरकारले उक्त अध्यादेश फिर्ता लियो । आज इतिहास फेरी दोहोरीएको छ। तिनै लोकतन्त्रबादी , अग्रगामी ,भनिने मापसे वाला सरकारले एमाले बिभाजन गर्ने र अफ्नो सत्ताको रोटी सेकाउने स्वार्थका साथ सो भन्दा कम 20% थ्रेसहोल्ड वाला अध्यादेश ल्याएको छ। चालु संसदको अधिबेशन हठात अन्त्य गरेर । हिजो संसद विघटन प्रकृयाको बारेमा अनेक कु तर्क गरेर एमाले प्रतिगमनकारी अनि आफु अग्रगामी र क्रान्तिकारी दाबी गर्ने देउवा प्रचण्ड र माकुने मिलेर जे हर्कत गर्दैछन्। जसको कारण एमाले पंक्तिलाई आक्रोसित र आन्दोलित गराएको छ। स्वभाविक हामी यो गलत कदमको सशक्त प्रतिवाद गर्दछौ। यो परमादेशवाला मापसे सरकारलाई सडकमा पुर्याउने ।यसै सन्दर्भमा आज साँझ ५ बजे राष्ट्रीय युवा संघ नेपालले बानेश्वरमा गर्ने बिरोध कार्यक्रममा सहभागी बनौं।



प्रतिक्रिया दिनुहोस्