Logo

फुर्सदिला तालिवानी, राष्ट्रपति निवास भित्र यसरी गर्दैछन् मस्ती (भिडियोसहित)



काठमाडौं, भदौ २ । सधै तलिवानी भन्ने वित्तिकै सबैको दिमागमा एक प्रकारको चित्र बस्ने गर्दथ्यो, लामो दारी भएका, अत्याधुनिक हतियारले सजिएका, अग्ला कद भएका अफगानी लडाकु समुह । तर, अहिले उनीहरुको हुलिया फेरिएको छ । अफगानिस्तानको सत्तामा तालिबानले पूरै कब्जा जमाइसकेपछि पछिल्लो समय उनीहरुको बच्चाले जस्तै रमाईरहेका देखिन्छन् ।

अझ पछिल्लो समय तालिवानी समुह राष्ट्रपति निवास प्रवेश गरेसंगैका केही रोचक तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। जहाँ उनीहरु कतै जिमखानामा व्यायाम गरिरहेका त कतै फनपार्कमा मस्ती गरिरहेका देखिन्छन्। पछिल्लो समय केटाकेटी खेल्ने फनपार्कमा तालिवानीहरु बन्दुकसहित रमाइरहेका देखिन्छन् । एकमानेमा अहिले तालिवानी विद्रोहीहरु फुर्सदिला देखिन्छन्।



प्रतिक्रिया दिनुहोस्