Logo

अफगानिस्तानमा बुर्काको मूल्य दश गुना बढ्यो



एजेन्सी, २ भदौ । अफगानिस्तानमा बुर्काको मूल्य ह्वात्तै बढेको छ । तालिवान शक्तिमा आएपछि बुर्काको मूल्य दश गुनासम्म बढेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तालिवान काबुलतर्फ बढ्दै गर्दा बुर्का खरिदका लागि बजारहरुमा महिलाको भींड लागेको थियो । कसैले पनि यति चाँडै तालिवान काबुल पस्लान् भन्ने सोचेका थिएनन् ।

घटनाक्रम तिव्र विकास भएपछि काबुललगायत मुख्य शहरहरुमा बुर्काको अभाव भएको छ । अत्याधिक मागका कारण बुर्काको कालो बजारी भएको छ ।

बुर्का विक्री गर्ने पसलहरु निकै व्यस्त भएका छन् । अहिले अफगानिस्तानमा बुर्काको व्यापार सबैभन्दा बढी फष्टाएको छ ।

अफगानिस्तानमा २० वर्ष अघि तालिवान शासनमा महिलाहरुलाई बुर्का लगाउन वाध्य पारेका थिए । महिलालाई विद्यालय जान बन्देज लगाएका थिए । इस्लामिक परम्परा अनुसार मात्र चल्नुपर्ने नियम राखेका थिए । यसपटक पनि त्यही हुनसक्ने भन्दै बुर्का खरिद गर्नेको भीड पसलहरुमा लागेको छ ।

अफगानिस्तानमा महिलाहरु घरबाट बाहिर निस्कन डराइरहेका छन् । कतिपयसँग बुर्का नभएकाले घरभित्रै रहेको बुझिएको छ ।-तस्बिर स्रोतः रोयटर्स



प्रतिक्रिया दिनुहोस्