Logo

माधव नेपाललाई असफल बनाउन महेश बस्नेत सक्रिय



काठमाडौं, २ भदौ । राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन गर्न बनेको अध्यादेश जारी भएमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ दल दर्ताको तयारीमा छन् । उनले मङ्गलबार नयाँ दल बनाउने घोषणा गरिसकेका छन् । तर, नेपाललाई एमालेका २० प्रतिशत केन्द्रीय सदस्यको बलमा पार्टी फुटाउन नदिन अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरु सक्रिय भएका छन् ।

ओली पक्षका नेता महेश बस्नेत यतिबेला निकै सक्रिय छन् । उनले नेपाल पक्षका केन्द्रीय सदस्यहरुसँग सम्पर्क बनाएर फुटको पक्षमा नजान आग्रह गरिरहेका छन् । बस्नेतले व्यक्तिगत रुपमा पनि माधव नेपाल पक्षमा लागेका केन्द्रीय सदस्यहरुलाई भेटिरहेका छन् ।

केही दिन अध्यादेश राष्ट्रपति कार्यालयमा अलमलाउने रणनीति समेत बनेको छ । कानूनी प्रश्न भन्दै राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी छैनन् । कानून व्यवसायीसँग सल्लाह गरिरहेको भन्दै उनले जारी गर्नेमा ढिलाई गरिरहेकी छिन् ।

केही दिन अलमलाएर २० प्रतिशत केन्द्रीय सदस्य पुग्न नदिने प्रयास चलिरहेको माधव नेपाल पक्षका एक नेताले बताए । तर, उनले आफूहरुको पक्षमा ३० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य रहेको र २० प्रतिशत महन्थ ठाकुरका लागि भएको बताए ।

अध्यादेश जारी भएलगत्तै माधव नेपाल पार्टी गठनका लागि ठिक्क परेका छन् । उनले अध्यादेश आज जारी भए आजै पार्टी दर्ता गर्ने भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्