Logo

जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखलाई



काठमाडौं, २ भदौं । जर्मन डिएफएल सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ । गए राति भएको खेलमा डर्टमन्डलाई घरेलु मैदानमा हराउदै बायर्न म्युनिकले यस सिजनको जर्मन डिएफएल सुपर कपको उपाधि उचाले हो । सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमन्ड ३–१ गोल अन्तरले पराजित भएको हो ।

बायर्नले पहिलो हाफको ४१औं मिनेटमा अग्रता लिएको थियो । बायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका हुन् । पहिलो हाफमा एक गोलको अग्रता लिएको बायर्न दोस्रो हाफको ५ मिनेटमा थोमस मुलरले अर्को गोल गर्दै खेललाई २–० को स्थितीमा पुर्याएका थिए ।

खेलको दोस्रो हाफको ६४औं मिनेटमा ज्युड बलिङघामको पासमा कप्तान मार्को रुईसले गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काएका थिए ।
तर खेलको ७४औं मिनेटमा बायर्नका लेवान्डोस्कीले दोस्रो गोल गर्दै खेललाई ३–१ को स्थितिमा पुर्याउदा बायर्न उपाधी उचाल्न सफल भएको हो ।



प्रतिक्रिया दिनुहोस्