Logo

मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध



काठमाडौं, भदौ २। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारी वर्षाका कारण आज पहाडी भू–भागमा भूक्षय, पहिरोको सम्भावनासमेत रहेको छ । त्यस्तै, नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्