Logo

जसपाको केन्द्रीय कार्यसमिति बैठक जारी, सरकारमा सहभागी हुनेबारे निर्णय



काठमाडौं, २ भदौ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समितिको बैठक आज दोस्रो दिनपनि जारी छ । काठमाडौको कालिकास्थानस्थित् अमृतभोग पार्टी प्यालेसका सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक आज सम्पन्न हुने जनाईएको छ ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आव्हान गरिएको प्रथम बैठकमा ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरु सहभागी बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्ने जनाईएको छ।

आजको बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरुको परिचालन, समन्वय, अनुगमन, मूल्याङ्कन, निरीक्षण, अवलोकन, अभिलेखीकरण र सरकारमा सम्मानजनक सहभागिताबारे निर्णय हुने अध्यक्ष उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसियाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्