Logo

५ वर्ष पुरानो लाभांश बुझिलिन एभरेष्ट बैंकको आग्रह



काठमाडौं, २ भदौ । एभरेष्ट बैंक लिमिटेडले पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दै आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो ।

कम्पनीले शेयरधीहरुलाई शेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, शेयर सम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको शेयर शाखामा सम्पर्क गरी लाभांश बुझिलिन अनुरोध गरेको छ ।

बैंकको सुचनामा उक्त लाभांश समयमानै बुझि नलिएमा प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने समेत बैंकले जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्