Logo

रञ्जु दर्शनाको प्रश्न : सिसडोलको सडक बन्न कति दशक लाग्छ ?



काठमाडौं,२ भदौं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले काठमाडौं महानगरपालिकालाई सिसडोलको सडक बन्न कति दशक लाग्छ भन्दै प्रश्न गरेकी छन् ।
काठमाडौं महानगरपालिकाले नगरबासीलाई आफ्नो घरको फोहोर घर बाहिर ननिकाल्न भन्दै अपिल गरेको थियो ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्ने ल्यान्डफील साइट जाने बाटो बिग्रिएको भन्दै महानगरले अझै दुई हप्ता काठमाडौंको फोहोर नउठ्ने जनाएको छ । यस विषयमाथि प्रश्न उठाँउदै नेतृ दर्शनाले सामाजिक सञ्जालमा भिडियोमार्फत यस्तो बताएकी हुन् । उनले हरेक वर्ष वर्षायाममा बाटो बिग्रियो भन्दै प्रश्न उठाउन मिल्छ ? भन्दै प्रश्न गरेकी छन् ।

उनले यसको समाधान निकाल्न, फोहोरको डङ्गुरबाट अर्को संक्रामक रोग नै फैलिनुपर्ने हो ? भन्दै आक्रोश पोखेकी छन् । साथै, उनले काठमाडौं महानगरपालिका कर तिर्ने करदाताप्रति अनुत्तरदायी भएको आरोप लगाएकी छन् ।

 



प्रतिक्रिया दिनुहोस्