Logo

बरिष्ठ अधिवक्ता भट्टराईको टिप्पणी : दल विभाजनसम्बन्धी अध्यादेश असंबैधानीक छ (भिडिओसहित)



काठमाडौं, २ भदौ । नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले कांग्रेस नेतृत्वको गठबन्धन सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश असंवैधानिक भएको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

संबिधानमा संसद नरहेको समयमा अति आवश्यक भएमा मात्र अध्यादेश ल्याउने भनेर स्पष्ट रुपमा लेखिएकोले अहिले अध्यादेश ल्याउनै नहुने थियो भन्ने उनको भनाई छ । उनले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतले दिएको फैसलामा अध्यादेशबारे बोलेकोले अदालतको आदेशको विरुद्धमा सरकारले अध्यादेश ल्याएको भन्दै अध्यादेश असंवैधानिक भएको टिप्पणी गरे ।

त्यसैगरी उनले नेकपा (एमाले) ले वरिष्ठ नेता माधबकुमार नेपालसहित उनी पक्षधर १४ जना सांसदलाई कारबाही गरेकोलाई कानूनसम्मत् निर्णय भएको सुनाए । नेपालको संबिधानको धारा ७६ (२) र धारा ८९ अनुसार र राजनितीक दलसम्बन्धी ऐनको २०७३ को दफा २८ र ३२ अनुसार ह्वीप उल्लंघन गर्ने कुनै पनि सांसदको पद जाने उनले कानूनी प्रावधानसमेत सुनाए ।

साथै, उनले नेपालका दलहरुले खेलेको भूमिकाले नेपालको राजनीतीक प्रणालीमा समस्या आएको पनि उल्लेख गरे । उनले आगामी निर्वाचनको माध्यमबाट जनताले यसलाई सुधार्ने विश्वास राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्