Logo

ब्राउनसुगर सहित राना पक्राउ



कपिलवस्तु, २ भदौ । ब्राउनसुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका ८ बहादुरगंज चोकबाट २३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कृष्णनगर नगरपालिका २ पानी ट्याङ्की बस्ने ३८ वर्षीय अखिल रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

लु.१५ प ११९४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बहादुरगंज र ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी मोटरसाइकल चालक रानालाई पक्राउ गरेको जनाएको छ ।

साथै उक्त लागूऔषध खरिद गर्न आएका प्युठान प्युठान नगरपालिका ८ खप्रिङ खोला बस्ने २९ वर्षीय बिकास महोत्रा क्षत्रीलाई समेत नगद १४ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot