Logo

माधव नेपालले भने–‘आजै दल दर्ता हुन्छ, तयारी पूरा भयो’



काठमाडौं, २ भदौ । नेकपा (एमाले) को माधव कुमार नेपाल समूहले आजै नयाँ पार्टी दर्ता गर्ने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको सबै तयारी पूरा भैसकेको बताए । र, आजै पार्टी दर्ता गर्ने उनको भनाई छ । नयाँ बानेश्वरस्थित् अर्याल होटेलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेता नेपालले दल दर्ताको सबै तयारी पूरा गरिसकेको बताएका हुन् ।

उनले भने,‘हामीले सबै तयारी गरिसक्यौं, आजै पार्टी दर्ता हुन्छ ।’ नेपाल समूहले नेकपा (एमाले) समाजवादी नामको नयाँ दल दर्ता गर्ने भएको हो । सांसद मेटमणि चौधरीले यही नाममा सहमति भएको र चुनाव चिन्ह भने खुल्ला किताब राख्ने जानकारी दिए । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाल समूह नयाँ दल दर्ता गर्ने गृहकार्यमा जुटेको हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्