Logo

ठाकुर–महतो समूहका केन्द्रीय नेता चौधरी जसपाको केन्द्रीय समिति बैठकमा सहभागी



काठमाण्डौ २, भाद्र । महन्थ ठाकुर–राजेन्द्र महतो समूहका केन्द्रीय नेता मनमोहन चौधरी जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन । काठमाण्डौको कालिकास्थानमा मंगलबार जसपा नेपालको जारी दोश्रो दिनको केन्द्रीय बैठकमा चौधरी सहभागी भएका हुन । ठाकुर( महतोले छुटै समूह बनाए पनि चौधरी भने साबिककै आधिकारिक जसपालाई रोजेका छन ।

तत्कालीन राजपा नेपालका केन्द्रीय नेता चौधरी प्रदेश न। ५ अन्तर्गत हाल लुम्बिनी संस्कृतिक नगरपालिकाका मेयर पनि हुन । स्थानीय निर्वाचनको बेला तत्कालीन राजपाले चुनाव बहिष्कार गरेपछि नेता चौधरीले स्वतन्त्र उम्मेदवारी दुई निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्