Logo

किताब चिन्ह हाम्रो भइसक्यो भन्दै यी व्यक्ति निर्वाचन आयोग पुगेपछि…



काठमाडौं, २ भदौ । माधवकुमार नेपालको संयोजकत्वमा नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन प्रक्रिया चल्दै थियो । पार्टीको चुनाव चिन्ह किताब राखिएको थियो । तर, किताब चिन्ह अर्कै पार्टीले लिइसकेको भेटियो ।

माधव नेपालले किताब चिन्ह लिएर दल दर्ता गर्न लागेको थाहापाएर एकजना व्यक्ति हतारिदै निर्वाचन आयोग पुगे । उनी निकै आक्रामक देखिन्थे ।

उन्नत लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य बताउने यी व्यक्तिले किताब चिन्ह आफूहरुको रहेको बताए । बोधराज न्यौपानेले किताब चिन्ह आफूहरुको भइसकेको भनेर उजुरी समेत दिइसकेको बताए । उक्त दलको अध्यक्ष स्वागत नेपाल छन् ।



प्रतिक्रिया दिनुहोस्