Logo

ठाकुर पक्ष दल दर्ताको लागि निर्वाचन आयोग पुग्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, २ भदौ । महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । ठाकुरको नेतृत्वमा जसपा लोकतान्त्रिक दर्ता गर्न नेताहरु निर्वाचन आयोग पुगेका थिए । सो पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ ।

पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । नयाँ पार्टीको चुनाव चिन्ह साइकल कायम राखिएको कर्णले बताए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्