Logo

साफ च्याम्पियनसिप असोज १५ देखि हुने, प्रतियोगितामा ५ देशको मात्र सहभागिता



काठमाडौं, २ भदौ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा ५ देशले सहभागिता जनाउने भएका छन् । खेल असोज १५ गते देखि सुरु हुने छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) का अनुसार १३औं संस्करणमा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंकाको सहभागिता रहनेछ ।

भुटान र पाकिस्तान भने यस खेलमा सहभागी नहुने जनाइएको छ । पाकिस्तानको फुटबल टिम यतिबेला फिफाको निलम्बनमा रहेका छन् भने भुटानले कोरोनाको कारण देखाउँदै प्रतियोगितामा सहभागी नहुने जनाएको छ ।

खेल असोज १५ देखि २७ सम्म हुनेछ । पहिलो खेल असोज १५ गते नेपाल र आयोजक माल्दिभ्सबीच हुनेछ । नेपालले दोस्रो खेल श्रीलंकासँग असोज १७ गते खेल्नेछ । नेपालको तेस्रो खेल भारतसँग असोज २२ गते हुनेछ बंगलादेशसँग भने नेपाल असोज २४ मा खेल्नेछ ।

लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज २७ गते खेल्नेछन् । साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय टिमले पोखरामा तयारी गरीरहेको छ ।



प्रतिक्रिया दिनुहोस्