Logo

एमाले समाजवादीमा केन्द्रीय सदस्य बनेका सांसदहरु (सुचीसहित)



काठमाडौं, २ भदौ । नेकपा एमाले (समाजवादी) मा सहभागी सबै सांसदहरु केन्द्रीय सदस्य बनाइएका छैनन् । ३१ सांसदको हस्ताक्षर बुझाइएकोमा सबैलाई केन्द्रीय सदस्य नबनाएर माधवकुमार नेपालले रणनीतिक चार्तुयता देखाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले तान्न सक्ने भन्दै ३१ जनामध्ये सबैलाई केन्द्रीय सदस्य नबनाई नाम गोप्य राखिएको बुझिएको छ । कुल सांसदमध्ये १२ जनालाई मात्र केन्द्रीय समितिमा राखिएको छ । जसमध्ये राष्ट्रिय सभाका एकजना छन् । ११ जना प्रतिनिधि सभाका हुन् । अधिकांश प्रत्यक्ष निर्वाचिततर्फका सांसद छन् ।

एमालेको सुर्य चिन्ह लिएर चुनाव जितेका र समानुपातिकतर्फका सांसदहरुमध्येबाट छानेर एमाले समाजवादीमा केन्द्रीय सदस्य बनाइएका हुन् ।

केन्द्रीय सदस्य बनाइएका सांसदहरु

१. माधवकुमार नेपाल, संयोजक
२. झलनाथ खनाल, वरिष्ठ नेता
३. मुकुन्द न्यौपाने
४. डा. बेदुराम भुसाल
५. जीवनराम श्रेष्ठ
६. विरोध खतिवडा
७. मेटमणि चौधरी
८. रामकुमारी झाँक्री
९. सरलाकुमारी यादव
१०. कल्याणीकुमारी खड्का
११. निरादेवी जैरु
१२. प्रेमबहादुर आले

 



प्रतिक्रिया दिनुहोस्

Screenshot