Logo

माधव नेपालले पार्टी फुटाएको भन्दै यसरी खनिए भीम आचार्य, हामी पनि नेता नै हौं (भिडिओसहित)



काठमाडौं, २ भदौ । नेकपा (एमाले) का सचिव तथा प्रदेश नम्बर १ का सांसद भीम आचार्यले पार्टी एकताको लागि आफूहरुले धेरै मेहनत गरेको भएपनि नेताहरुको ईगोको कारण पार्टी विभाजन भएको स्पष्ट पारेका छन् ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “माधव नेपालले दश बुँदे सहमति मान्नुभएन, तर हामीले उहाँकै सहमतिमा दश बुँदे प्रतिवेदन तयार पारेका थियौं । उहाँको मनशाय पार्टी फुटाउने रहेछ । पार्टी फुट्नुमा अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल दुवै आ आफ्नो ठाउँमा दोषी छन् । फागुन २८ गते केपी ओलीले एक्लै निर्णय गरेर एमाले भनेर निर्णय गर्नुभयो, बास्तवमा फुटको विउ त्यहाँ रोपियो । हामीले मिलाउँदै मिलाउँदै लगेर दश बुँदे सहमति गरेका थियौं । हामीले माधव नेपाललाई कसरी धोका दियौं ? माधव नेपाल, केपी ओली, झलनाथ खनाल जसलाई पनि हामीले साथ दिने भनेको अनुहार हेरेर होईन, एजेण्डाको आधारमा हामी छौं । पार्टी फुटाउने एजेण्डा हाम्रो होईन ।”

उनले आफूहरु केपी ओलीको पिछलग्गु नभएको पनि जिकिर गरे । उनले केपी ओली र माधव नेपालको मात्रै एमाले नभएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्