Logo

अनिल झालाई ऋषि धमलाको प्रश्न : राष्ट्रपतिलाई महाभियोग लगाउने सहमति भएको हो ? (भिडिओसहित)



काठमाडौं, २ भदौ । निर्वाचन आयोगमा आजमात्रै दर्ताको लागि निवेदन दिईएको जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) का नेता तथा सांसद अनिल झाले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने कुनै सहमति नभएको स्पष्ट पारेका छन् । उनले आफू व्यक्तिगत रुपमा राष्ट्रपति, राष्ट्रपति, सभामुखमाथि सकेसम्म महाभियोग लगाउने पक्षमा नभएको स्पष्ट पारेका छन् ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “म महाभियोगको पक्षमा छैन् । तर, पार्टीले निर्णय गरे त भोट नै हाल्नुपर्छ नि !” उनले आफूहरु दल विभाजनको पक्षमा नरहेको भएपनि बाध्यताले यो कदम चालेको जिकिर गरे । उनले नयाँ दल दर्ता गर्नुभन्दा अर्को विकल्प नै नभएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्