Logo

फुट्यो एमाले



काठमाडौं, भदौ ३। प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको लामो विवादपश्चात अन्ततः एमाले बुधबार औपचारिक रूपमा फुटेको हो । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहेको एमाले वरिष्ठ नेता नेपालको नेतृत्वमा नयाँ दल गठन भएको छ ।

नवगठित पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी)’ रहेको छ । पार्टी अध्यक्षमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल र वरिष्ठ नेतामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल छन् । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको नवगठित पार्टी नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

पार्टी केन्द्रीय सदस्य ९५ सदस्यीय र चुनाव चिह्नमा खुला किताब प्रस्ताव गरिएको छ । नेता पाण्डेका अनुसार प्रतिनिधि र राष्ट्रियसभाका ३१ सांसद र साबिक एमालेका ५८ केन्द्रीय सदस्यसहित ९५ सदस्यीय छन् । एमाले र माओवादी केन्द्रबीच एकतापश्चात बनेको नेकपा अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सुरु विवाद चर्किंदै गएपछि पार्टी फुटेको हो ।

सर्वोच्च अदालतको फैसलापश्चात एमाले व्यूँतिएपछि ओली र नेपालबीच कुनै सहमति हुन नसक्दा विभाजन भएको हो । ओली र नेपाल समूहका नेता रहेका कार्यदलले १०बुँदे प्रस्ताव गर्दै एकताका लागि दबाब दिएको थियो । दोस्रो तहका नेताको दबाबमा पार्टी एकताबद्ध बनाउन नसकिएपछि नयाँ दल गठन भएको हो । आजको राजधानी दैनिकमा प्रभु शाहले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्