Logo

प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न विमलेन्द्र निधि मुम्बई जाँदै



काठमाडौं, भदौ ३ । मुम्बईमा स्वास्थ्य उपचार गराईरहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि आज त्यहाँ जाने भएका छन् ।

नेता गिरिको स्वास्थ्यमा समस्या देखिएपछि हाल मुम्बईको हिन्दुजा अस्पतालमा उपचार भईरहेको छ । गिरिको घाँटीमा समस्या देखिएको छ । उनलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।

हाल जनकपुरमा रहेको नीधि गिरिलाई भेट्न आजै त्यसतर्फ जान लागेका हुन् । नीधिले भोली विहान गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनेछन् ।



प्रतिक्रिया दिनुहोस्