Logo

रकम जम्मा गर्न सक्ने नबिल बैंकको ‘नबिल क्यास मेशिन’



काठमाडौं, ३ भदौ । आधुनिक बैंकिङ युगको सुरुवात गर्ने तर्फ बैंक केन्द्रित हुँदै नबिल बैंकले क्यास मेशिन संचालनमा ल्याएको छ । यो मेसिन मार्फत ग्राहकहरुलाई एटिएम मार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा भएको नबिल क्यास मेशिन बैंकले संचालनमा ल्याएको हो ।

यस प्रविधि नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेशिनमा एक हजार, ५ सय, १ सयको नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा ९९ हजार ९०० जम्मा गर्न सक्ने जनाएको छ ।

साथै यस मार्फत नबिलको कुनै पनि बचत र चल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै यस् मार्फत ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने छन् ।

हालसम्म बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु मार्फत सेवा दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्