Logo

‘चाडैँ अफगानिस्तान फर्किने छु’



एजेन्सी, ३ भदौ । तालिवानले अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेलगत्तै देश छाडेका राष्ट्रपति अश्रफ गनी चाडैँ अफगानिस्तान फर्किने विश्वास व्यक्त गरेका छन् । उनले बुधबार फेजबुक पेजमार्फत चाडैँ अफगानिस्तान फर्किने विश्वास व्यक्त गरेका हुन् ।

उनले फेसबुक पेजमार्फत बोलेको भाषालाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘ म अहिले युएईमा छु । म काबुल छाड्न बाध्य भएको थिए । तर, म छिट्टै आफ्नो घर फर्किन्छु । र, अफगानिस्तानको न्यायका लागि लड्ने छु ।’

उनले देश छाड्न अघि आफू रक्तपात रोक्न देश छाडेका बताएका थिए । उनले भने,‘मैलै आफ्नो देशलाई धोका दिएको हैन् । कसैलाई पनि कथित भ्रममा पर्नु हुँदैन् । म काबुलमा शान्ति चाहन्छु । काबुललाई नष्ट भएको देख्न सक्दिन् । अफगानिस्तानको वार अन्त्य भएको आशा गर्दछु । यस घटनाको दोषी हाम्रो शैनिक हैन् नेताहरु हुन् ।’ तालिवानसंग निरन्तर आफू छलफलमा लागेको समेत उनले बताए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot