Logo

सघन र भेन्टिलेटरमा गरी ९ सय ५६ जनाको देशभर उपचार हुँदै



काठमाडौं, ३ भदौ । नेपालमा कोरोना संक्रमित मध्ये ४० हजार ३ सय ३८ जना उपचारको क्रममा रहेका छन् । स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा एकैदिन ४२ जनाको मृत्यु भएको हो ।

कोरोना भाइरसका १ सय ८६ संक्रमितको भेन्टिलेटरमा उपचार भैरहेको छ । त्यस्तै, ७ सय ७० जनाको (सघन उपचार कक्ष) आइसीयुमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

होम आइसोलेसनमा ३६ हजार ८ सय ६ जना रहेका छन् । त्यस्तै, ३५ सय ३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ४ सय ५७ जना देशभर क्वारेन्टाइनमा रहेका छन् ।

सबैभन्दा धेरै १ सय २० जना संक्रमितको बाग्मती प्रदेशमा गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको छ । यसैगरी, प्रदेश नं १ मा ४८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्