Logo

युवा वर्गमा कारोना संक्रमणदर उच्च किन ?



काठमाडौं, ३ भदौ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४२ जनाको निधन भएको छ । त्यस्तै, ३४ सय ३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७ लाख ४० हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार हिजो २१ वर्षदेखि ३० वर्ष उमेर समुहका ६ सय ५३ जना संक्रमित थपिएका हुन् । त्यस्तै, ३१ देखि ४० वर्ष उमेरसमुहका ६ सय २३ जना संक्रमित भएका हुन् । यसैगरी, ४१ देखि ५० वर्ष उमेर समुहका ३ सय ९८ जना, ५१ देखि ६० वर्ष उमेर समुहका ३ सय २९ जना, ६१ देखि ७० वर्ष उमेर समुहका १ सय ६० जना र ७१ देखि ८० वर्ष उमेरसमुहका १ सय १२ जना रहेका छन् ।

त्यस्तै, बुधबार ८० वर्ष माथिका ४५ जना, ११ देखि २० वर्ष सम्मका २ सय १८ जना र १० वर्ष मुनिका ७२ जना संक्रमित भएका हुन् । ३ जना संक्रमितको भने परिचय खुलेको छैन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्