Logo

अध्यक्ष नपाएको भन्दै माधव नेपालले पार्टी विभाजन गर्नु गलत हो : युवराज ज्ञवाली (भिडिओसहित)



काठमाडौं, ३ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफूले माधव कुमार नेपाललाई धोका नदिएको स्पष्ट पारेका छन् । उनले आफूहरुको अध्यक्ष केपी शर्मा ओलीसँग ठूलो मतभेद रहेको सुनाए । उनले ओलीले संसद् विघटन गरेर प्रतिगमन गरेपनि अहिले आफूहरुले सहकार्य गरेको स्पष्ट पारे ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले हिजो ओलीले संविधान मिच्ने काम गरेकोले आलोचना गरिएको सुनाए । उनले आफूहरु पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्ने पक्षमा पुगेको विश्वास दिलाए ।

उनले आफूहरु एमालेभित्रै अन्तरसंघर्ष गर्नुपर्ने पक्षमा उभिएको पनि सुनाए । उनले माधव नेपालकै सहमतिमा दश बुँदे सहमति गरिएको पनि दाबी गरे । उनले भने,‘अध्यक्ष नपाएको कारणले पार्टी विभाजन गर्ने कुरा गलत हुन्छ । दश बुँदे सहमतिमा टेकेर अघि बढ्न सकिन्छ । त्यहीँभित्र अन्तरसंघर्ष गरौं भन्ने हाम्रो विचार थियो । मैले यो कुरा पार्टीका धेरै बैठकहरुमा कुरा राखेको छु । हिजोमात्रै पनि मैले उहाँसँग कुरा गरेको थिएँ । तर, उहाँले म अगाडि बढें भन्नुभयो । हिजै दल दर्ता गरिसक्नुभयो ।’



प्रतिक्रिया दिनुहोस्