Logo

इन्टरनेटको स्पीड बढाउन पानी मुनी केबल बिछ्याउदै फेसबुक र गुगल



काठमाडौं, ३ भदौ । गुगल र फेसबुकले एसिया प्रशान्त क्षेत्रमा इन्टरनेटको स्पीड बढाउनुका साथै सामुन्द्रिक टापुसम्म इन्टरनेट पुर्याउने उदेश्यका साथ पानी मुनी इन्टरनेट केबल बिछ्याउने तयारी थालेका छन् ।

डब्ड एप्रिकोट नाम दिइएको उक्त परियोजनाले फिलिपिन्स, जापान, सिंगापुर, ताइवान, गुआम र इन्डोनेसियालाई कनेक्ट गर्ने जनाइएको छ । उक्त केबलको कुल लम्बाई १२ हजार किलोमिटर हुने बताइएको छ ।
फइबरमा आधारित भएर तयार पारिएको फाइबर अप्टिक सिस्टमले १९० टेराबाइट प्रति सेकेण्ड डेटा ट्रान्सफर गर्न सक्ने जनाइएको छ ।

जसले उक्त क्षेत्रमा उत्कृष्ट फोरजी, फाइभजीका साथै ब्रोडब्यान्ड कनेक्टिभिटी उपलब्ध हुनेछ । इन्डोनेसियाबाट सुरु भएर उक्त केबल जापानसम्म पुर्याइने छ । उक्त परियोजना सन् २०२४ सम्म सम्पन्न भएर प्रयोगमा आउने दाबि गरिएको छ ।

फेसबुक र गुगलले संयुक्तरुपमा दक्षिण अमेरिकादेखि इन्डोनेसिया र सिङ्गापुरलाई जोड्ने गरी इको एण्ड बिफरोस्ट परियोजना यसअघि नै सूरु गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्