Logo

कंगना रनौतको इन्स्टाग्राम अकाउन्ट ह्याक, भन्छिन् ‘एक ठूलो अन्तर्राष्ट्रिय षडयन्त्र’



एजेन्सी, ३ भदौ । बलिउड अभिनेत्री कंगना रनौत सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय आफ्नो अभिव्यक्तिका कारण चर्चामा रहन्छिन्। यसै क्रममा कंगनाले आफ्नो इन्स्टाग्राम अकाउन्ट ह्याक गर्ने प्रयास भएको दाबी गरेकी छिन्। अभिनेत्रीले आफुलाई इन्स्टाग्रामबाट एक सुचना प्राप्त गरेपछि मात्र ह्रयाक भएको थाहा पाएको बताएकी छिन् । कंगना रनौतले आफ्नो इन्स्टा स्टोरीमा एउटा पोस्ट सेयर गरेर यसबारे जानकारी दिएका हुन् ।

कंगनाले लेखेकी छिन्, “हिजो राती मैले इन्स्टाग्रामबाट एउटा अलर्ट पाएँ कि चीनमा कोही मेरो खाता ह्याक गर्न खोज्दैछन्। तर, त्यो चेतावनी अचानक गायब भयो र तालिबानको बारेमा पोस्ट गरेको सबै स्टोरीहरु पनि गायब भयो ।”

उनले अगाडी लेखेकी छिन्, “मेरो खाता बन्द भएको थियो। मँ इन्स्टाग्रामका मानिसहरुलाई फोन गरेर यसको पहुँच प्राप्त गर्न सक्षम भए, तर जतिसक्दो चाँडो म केहि टाइप गर्ने कोसिस गरे, तर पटक–पटक खाताबाट लग आउट भईरहेको थियो । मैले यो स्टोरी लेख्नको लागी मेरी बहिनीको फोन लिनु परेको थियो, किनकी मेरो अकाउन्ट उनको फोनमा पनि खुला छ। यो एक ठूलो अन्तर्राष्ट्रिय षड्यन्त्र हो। धेरै अविश्वसनीय ।’

कंगना रनौतको सामाजिक सञ्जालमा खुल्ला शैली स्पष्ट देखिन्छ । उनी स्वतन्त्र रुपमा हरेक बिषयमा आफ्नो प्रतिक्रिया व्यक्त गर्छिन्। गत मार्चमा उनको ट्विटर एकाउन्ट सदाका लागि निलम्बित भएको थियो।

कंगना रनौत फिल्म ‘थलाइवी’ चाँडै नै रिलिज हुने क्रममा छ । उनले भर्खरै आफ्नो फिल्म ‘धकड’ को छायांकन पुरा गरेकी छिन्। यस बाहेक उनी तेजस, मणिकर्णिका रिटन्र्स र इमरजेन्सीमा देखिने भएकी छिन्।



प्रतिक्रिया दिनुहोस्