Logo

अफगानिस्तानका पूर्वराष्ट्रपति नाजिबुल्लाकी छोरी हिलाले पोष्ट गरेको यो भिडियो



एजेन्सी, ३ भदौ । अफगानिस्तानका पूर्वराष्ट्रपति मोहम्मद नाजिबुल्लाकी छोरी हिला नाजिबुल्लाले तालिवानविरुद्ध अफगानी जनताले गरेको संघर्षसहितको भिडियो राखेकी छिन् । तालिवानले अफगानिस्तानको झण्डा निकालेर आफ्नो झण्डा राख्न खोजेपछि जनताले विद्रोह गरेका थिए । त्यस क्रममा तालिवानले गोली चलाएको दृश्य भिडियोमा छ ।

हिलाले ट्वीटरमा राखेको भिडियोमा ह्वापी इन्डिपेन्डेन्स अफगानिस्तन लेखेकी छिन् । उनले लेखेकी छिन्, अत्याचारबाट मुक्ति नपाएसम्म हाम्रो झण्डा अझ माथि ठडिनेछ ।

हिला हाल भारतमा निर्वासित जीवन बिताइरहेकी छिन् । उनका पिता नाजिबुल्लालाई पहिलोपटक काबुल कब्जा गर्दा सन् १९९६ मा निर्ममतापूर्वक हत्या गरेका थिए । नाजिबुल्ला र उनका भाईको शवलाई तालिवानले दुई दिनसम्म राष्ट्रपति भवन बाहिरको ट्राफिक लाइटको पोलमा झुण्ड्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्