Logo

बुद्धको मुर्ति सहित ५ जना पक्राउ



बर्दिया, ३ भदौ । १ थान धातुको बुद्धको मुर्ति सहित ५ जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका ७ स्थित बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मुर्ति सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गुलरिया नगरपालिका ७ बस्ने ४० वर्षीय निराजन उप्रेती, मधुबन नगरपालिका १ बस्ने ३४ वर्षीय उज्वल रोकाय, सोही नगरपालिका ९ बस्ने ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका ९ बस्ने ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका २ बस्ने २९ वर्षीय मग बहादुर नेपाली रहेका छन् ।

उक्त गेष्ट हाउसमा पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहुमूल्य धातुको बुद्धको मुर्ति) करोडौं रुपैयाँमा किनबेच गरिरहेका भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त मुर्ति सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्