Logo

खैरो हेरोइन सहित ३ जना पक्राउ



मकवानपुर, ३ भदौ । अवैध लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका ४ बैंकरोडस्थित सडकबाट करिब १ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ईन्द्रसरोवर गाउँपालिका २ बस्ने ३१ वर्षीय सुदिप मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ना.५३ प ९९३७ नम्बरको मोटरसाइकलाई प्रहरी चौकी भुटानदेविबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मगरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot