Logo

वैज्ञानिक समाजवाद बनाउनुपर्ने बाबुरामको प्रस्ताव (भिडिओसहित)



काठमाडौं, ३ भदौ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुँजीवादको संकटको समाधान अब नयाँ किसिमको उन्नत प्रकारको वैज्ञानिक समाजवादबाट हुने स्पष्ट पारेका छन् । आज (बिहीबार) प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ नामक अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वैचारिक स्पष्टता नहुँदा नेपालका कम्युनिस्ट पार्टीहरुमा संकट आइलागेको पनि स्मरण गराए । उनले माओवादी शसस्त्र संघर्षको १० वर्षको छोटो अवधिमा प्राप्त गरेको राजनीतिक उपलब्धि समेत पछिल्लो समयमा गुम्न पुग्दा अहिले पुनः पुराना शक्तिहरु नेपालको राजनीतिमा हावी हुन पुगेको पनि उल्लेख गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot