Logo

ग्रिजमनले बार्सिलोना नछाड्ने



एजेन्सी, ३ भदौ । बार्सिलोना छाड्ने चर्चामा रहेका एन्टोइन ग्रिजमनले आफुले बार्सिलोना नछाड्ने बताएका छन् । गत साता बार्सिलोनाबाट सय खेल पूरा गरेपछि उनले यस्तो बताएका हुन् ।

उनले बार्सिलोनाबाट सय खेल पुरा गरेपछि आफुलाई गर्व लागेको बताउदै यसै टिमबाट अर्को सय गोल गर्दै टोलीको इतिहास निर्माणमा लागि पर्ने बताएका थिए । उनले भने, ‘म मैदान भित्र र बाहिर दुवै ठाँउबाट क्लबलाई मद्दत गर्नेछु ।’

रियल सोसिडाडविरुद्ध खेल्दै सिजनको सुरुवात गरेको बार्सिलोनाका लागि ग्रिजमेनको त्यो एक सयौं खेल रहेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्