Logo

अध्यादेश जारी भएपछि एकथरी मान्छेहरु पाखुरा समातेर त्यहाँ पुर्याईए : केपी ओली (भिडिओसहित)



काठमाडौं, ३ भदौ । प्रमु्ख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् । आज (बिहीबार) जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले देशलाई नै जरुरी परेको भए अध्यादेश ल्याउँदा केही फरक नपर्ने भएपनि अहिले अध्यादेश ल्याउन जरुरी नै नरहेको जिकिर गरे । उनले आफ्नो घरमा झगडा भयो भन्दैमा देशको कानून नै फेरिदिने त ? भन्दै प्रश्न गरे ।

उनले माधव नेपालको साथ नदिएर बसेकाहरु पार्टीमै रहेको स्पष्ट पारेका छन् । उनले भने,‘जो जहाँ थिए, त्यहीँ छन् । मेरो जे भूमिका थियो, त्यही हुन्छ । उहाँहरुको जे भूमिका थियो, अब उहाँहरुको त्यही भूमिका हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्