Logo

माधव नेपाललाई एक्लै कुर्सी राखेर भएपनि अध्यक्ष हुनैपर्ने रोग छः ओली



काठमाडौं, ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अध्यक्ष हुनैपर्ने रोग लागेको टिप्पणी गरेका छन् । पार्टी विभाजनपछि पहिलोपटक बोल्दै उनले अध्यक्ष हुनका लागि माधव नेपाल गएको बताए ।

माधव नेपाललाई अध्यक्ष हुनैपर्ने रोग छ, ओलीले भने, एक्लै भएपनि अध्यक्ष हुनुपर्ने । माधव नेपालले ४ जना राखेर भएपनि एक्लै अध्यक्ष हुनैपर्ने स्वभाव देखाएको बताए ।

ओलीले माधव नेपालले अध्यक्ष माग्न आएको समेत बताए । उनले भने, म कहाँ अध्यक्ष माग्न आए ।

पद नै चाहिन्छ जसरी व्यवहार नगर्न भन्दै समय आएपछि जिम्मेवारी पाइने बताए । उनले भने, जिम्मेवारी जे छ पूरा गर्नुपर्छ, पद नै सबथोक होइन ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम