Logo

बामदेव गौतमद्वारा माधव नेपाल नेतृत्वको एमाले समाजवादीमा जाने घोषणा



काठमाडौं, ३ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा एमाले (समाजवादी) मा जाने घोषणा गरेका छन् । आज उनले आफू पक्षका नेता कार्यकर्तासँगको छलफलपछि यस्तो घोषणा गरेका हुन् ।

म माधव नेपाल तिर जान्छु, गौतमले एकता अभियानका सदस्यहरुसँगको भर्चुअल बैठकमा भने, माधव नेपालले मलाई एमाले र वामपन्थी एकताको जिम्मा दिनुहुन्छ ।

विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताको जिम्मेवारी दिन भन्दा नदिएको गुनासो गरे । उनले भने, ‘केपी ओलीलाई म एकता गर्छु जिम्मा दिनुहोस् भन्दा दिनुभएन । माधव नेपालले एकताको जिम्मा दिनुहुन्छ त्यसैले उहाँतिर जान्छु ।’

माधव नेपालको पक्षमा रहेर एकताका लागि काम गर्ने र एक डेढ वर्षभित्र एमाले हुँदै सम्पूर्ण बामपन्थी एकता गर्ने दाबी गरे । आफू माधव नेपालको पक्षमा गएमा एकताका लागि दबाब पनि हुने तर्क गरे ।

केपी शर्मा ओलीलाई सुधार्न नसकिने समेत गौतमको भनाई थियो । उनले भने, ‘केपी ओलीलाई पराजित गरेपछि मात्र सुधार्न सकिन्छ ।’ ओली नेतृत्वको एमालेमा गएर केही गर्न नसकिने बताए । उनले भने, ‘अब हामीले विद्रोह गर्ने हो ।’ अर्को पक्षमा लागेर पार्टी एकताका लागि प्रत्यत्न गर्ने हो ।

बुधबार नेकपा एमाले समाजवादी निर्वाचन आयोगमा दर्ता हुँदा बामदेव गौतम देखिएका थिएनन् । यसले उनले माधव नेपालको साथ छाडेको आशंका भएको थियो । तर, आज उनले निकटस्थहरुसँग छलफल गरी माधव नेपालको पक्षमा जाने घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्