Logo

पारालम्पिक २०२० मा भाग लिन जापान जाने खेलाडी, प्रशिक्षक र व्यवस्थापकको विदाई



काठमाडौं, ३ भदौ । जापानको राजधानी टोकियोमा यही सेप्टेम्बर २ देखि ४ तारिखसम्म आयोजना हुने पारालम्पिक २०२० मा सहभागी हुन जाने नेपाली पारा तेक्वान्दो टोलीका खेलाडी, प्रशिक्षक र ब्यवस्थापकलाई बिदाई गरिएको छ । पारालम्पिकमा सहभागी हुन जाने खेलाडी पलेशा गोवर्धन, प्रशिक्षक कविराज नेगीलामा र ब्यवस्थापक तेक्वान्दो खेलका सफल ब्यक्तित्व दीपक बिष्टलाई आज विदाई गरिएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले उपस्थित भई खेलाडीको हौसला अभिबृद्धि गरेका थिए । उनले खेलाडीहरुलाई उच्च मनोबलका साथ प्रतियोगितामा भाग लिनको लागि आग्रह गरेका थिए ।

प्रतियोगितामा प्रत्येक चरणको खेल जितेमा खेलाडी पलेशालाई प्रत्येक विजयवापत नगद २० हजार, कास्यको लागि नगद ५० हजार, रजत पदकका लागि नगद १ लाख र स्वर्ण हासिल गरेमा नगद १ लाख ५० हजार प्रदान गरिने नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशका अध्यक्ष दीपक गुरुङ्गले घोषणा गरेको नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशको कार्यसमिति सदस्य शंकर धमलाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्