Logo

प्रधानमन्त्री देउवाले प्रचण्डको घोडा चढेर माँत्तिएर एमालेलाई समाप्त गर्ने डिजाईन गर्नुभयो : महेश बस्नेत (भिडिओसहित)



काठमाडौं, ४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले दल विभाजनसम्बन्धी ल्याईएको अध्यादेशको विरोध गरेका छन् । हिजो आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली सरकार प्रमुख भएको भेलामा ल्याएको अध्यादेश र अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशमा धेरै फरक रहेको उनको जिकिर छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘हिजो अध्यादेश आउँदा म लागिपरेको थिईनँ । तर, उपेन्द्र यादवको तत्कालिन समाजवादी पार्टीका विद्रोह गर्न चाहने नेताहरुसँग भने मैले समन्वय गरेको थिएँ ।’ उनले अहिले आएको अध्यादेशको उद्देश्य नै एमाले विभाजन गर्नु भएको पुष्टि भएको जिकिर गरे ।

उनले प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको घोडा चढेर माँत्तिएर एमालेलाई समाप्त पार्ने डिजाईन गरेको टिप्पणी गरेका छन् । उनले हिजो ओलीले अध्यादेश ल्याउनु बाध्यता भएको जिकिर गरे । उनले नेकपा (एमाले) निकै बलियो रहेको जिकिर गरेका छन् । उनले प्रचण्ड कहाँ गएर चुनाव लड्ने हो ? भनेर पनि सोधेका छन् । उनले प्रचण्डले कतैबाट पनि चुनाव नजित्ने ठोकुवा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्