Logo

१४ सांसदलाई पदमुक्त गर्न सभामुखलाई दबाब दिन पुगे एमालेका सांसदहरु, धर्ना बस्ने महेश बस्नेतको घोषणा (भिडिओसहित)



काठमाडौं, ४ भदौ । नेकपा (एमाले) का १४ जना सांसदलाई पदमुक्त गरिएको पत्र पुगिसक्दापनि सभामुख अग्नि प्रसाद सापकोटाले अहिलेसम्म पदमुक्त गर्ने सूचना टाँस नगरेको भन्दै एमालेका सांसदहरु सभामुखको कार्यकक्ष पुगेका छन् । सांसद महेश बस्नेतको अगुवाईमा अहिले उनीहरु सिंहदरबार पुगेका हुन् । बस्नेतले सभामुखले तत्काल ती कारबाही गरिएका सांसदलाई पदमुक्त गर्नुपर्ने बताए ।

उनले भने,‘ईतिहासले यसको गम्भीर समिक्षा गर्छ, तपाईँको ऐतिहासिक र महत्वपूर्ण जुन भूमिका निर्वाह गर्नुपर्ने ठाउँमा तपाईँको भूमिकामाथि असंख्य प्रश्न उठ्छ भन्ने कोणबाट उठाएको कुरालाई, यत्ति निर्णय गराउनको लागि फेरि हामी आन्दोलित हुनुपर्ने, फेरि अर्को कार्यक्रम गर्नुपर्ने परिस्थिति नबनाउनुहोस भन्ने कुरालाई, उहाँका साथीहरुले गलत ढंगले ब्रिफिङ गरेका होलान् । हामी एक ढंगले धर्नाको हिसाबले यहाँ आएका छौं ।’ उनले आफूहरुसँग अहिले एमालेका एक सय भन्दा बढि प्रतिनिधिसभाका सांसद रहेको पनि बताए । उनले भने,‘त्यो सबै संख्या आवश्यक पर्यो भने आउँछ ।’

 

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्