Logo

विरोध खतिवडाको खुलासा : ‘एमाले फेरी फुट्छ, हनुमानबाहेक सबै बाहिरिन्छन्’ (भिडिओसहित)



काठमाडौं, ४ भदौ । नेकपा एमाले (समाजवादी) का केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाले आफूहरुको पहिलो प्राथमिकतामा पार्टी निर्माण, वामपन्थी आन्दोलनको रक्षा, संविधान र गणतन्त्रको रक्षा रहेको सुनाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘पार्टी निर्माण, वामपन्थी आन्दोलनको संरक्षण, संविधान र गणतन्त्रको रक्षा हाम्रा प्रमुख कुरा हुन् ।’ उनले आफूहरुले सरकारमा जानकै लागि पार्टी फुटाएको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि जिकिर गरे । उनले भने,‘राजनीतिक चिन्तनको अभाव भएपछि यस्ता कुरा हुन्छन्, बजारका कुरामा विवाद गर्नु पर्दैन् ।’

उनले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालबोटमा बसेर बालहठ गरेको पनि टिप्पणी गरेका छन् । उनले भने,‘केपि ओलीको कुन्ठाका कारणले कम्युनिष्ट पार्टी ध्वस्त भयो, प्रधानमन्त्रीको कुर्सी मर्ने बेलासम्म चाहिने हो र ? पार्टी फुटोस तर आफु, मलाई, म र मेरो भन्ने चिन्तन जबसम्म रहन्छ तबसम्म साथीहरु एमालेबाट बाहिरिने क्रम बढ्दै जान्छ ।’

उनले आफूहरुको लागि सरकार नभएर पार्टी र विचार ठुला कुरा भएको पनि टिप्पणी गरे । उनले भने,‘एमाले फेरी फुट्छ, हनुमानबाहेक सबै बाहिरिन्छन् । जुन दिनदेखि पार्टी जिन्दाबाद होइन, व्यक्ति जिन्दाबाद भन्न सिकाइयो त्यही दिनदेखि पार्टी फुट्यो ।’

उनले केपी ओलीले जानेको भनेकै मालेदेखिकै संथापन नेताहरु र जनतासँग लोकप्रिय नेताहरुलाई हटाउन रहेको र जोड्न नभएको टिप्पणी गरे । उनले भने,‘झुक्किएर जितेकालाई ७० करोडवाला मन्त्रालय दिने उहाँको चरित्र त्यही हो । डन, गुण्डाहरु, अपहरण गर्ने क्षमता भएकालाई दायाँबाया राख्ने, अग्रिम नै पैसाको शर्त राखेर यो मन्त्रालय देउ भन्नेलाई मन्त्रालय दिने कारण केपि ओली पतन हुन्छन् । सभामुखलाई घेराउ गर्छु भन्ने महेश बस्नेतको कुरामा कुनै तुक नभएको भन्दै जब मान्छे पतनको बाटोबाट जान्छ त्यस्तै हुने उनको भनाई छ ।

उनले केपी ओलीमा ‘एमाले भनेको मै हुँ र म भनेकै एमाले हो’ भन्ने भ्रमले एमाले डुबेको पनि दाबी गरे । उनले भने,‘केपि ओलीजस्तो दरबा सँग साँठगाँठ हाम्रो छैन ।’
लोकतन्त्रवादी, प्रगतिशीलवादी शक्तिहरुसँग, संविधान बनाउन साथ दिएका शक्तिहरुसँग आफूहरुले गठबन्धन गर्ने पनि उनको भनाई छ । उनले निर्वाचन आयोगमा दल दर्ता भएपछि देशव्यापी रुपमा पार्टी निर्माण गर्ने पनि बताए । उनले भने,‘केपी ओलीले गरेका भ्रष्टाचारका कुराहरु र उनका नक्कली राष्ट्रबादहरु लगेर हामी जनतामा जान्छौं ।’

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot