Logo

विषाक्त भोजन कसरी हुन्छ ?



काठमाडौं, ४ भदौ । विषाक्त भोजन (फुड प्वाइजन) दुषित खानाको कारण हुने गर्छ । फुड प्वाइजन हुँदा धेरै मानिसहरुलाई उपचारको आवश्यकता पर्दैन् । फुड प्वाइजनको कारण हो ब्याक्टेरियायुक्त दुषित खाना ।

फुड प्वाइजनको लक्षण सामान्यतया १ देखि ३ दिनसम्ममा सुरु हुन्छ ।

यस्ता हुन्छन् लक्षण

बिरामी महसुस गर्नु
उल्टी हुुनु वा हुन खोज्नु
पेटमा अफ्ठेरो हुनु
केही विषाक्त पदार्थ कम समयमा नै भोजनमा विषको कारण बन्न सक्छन् । यसमा उल्टी हुने मुख्य लक्षण देखिन्छ ।

खानेकुरामा सबैभन्दा विष बन्ने कारण हो राम्रोसँग नपकाउनु ।
काचो मासु
काचो अन्डा
काचो माछा
अनस्येच्युरिड दुध
खानको लागि तयारी खाद्य पदार्थ, प्याकिंग खानेकुरा

खानेकुरा दुषित कसरी हुन्छ ?
खाना उत्पादन र बनाउने क्रममा नै दुषित हुने गर्छ । यो नै भोजन विष हुने मुख्य कारण हो ।
राम्रोसँग नपकाएको खाना (कुखुराको मासु, सुँगुरको मासु, बर्गर, हड्डी)
खानेकुरा संचित गर्न ५ डिग्री भन्दा तल चिसो बनाएर राखेको खानाले
लामो समय तातोमा पकाएको खाना नखानु
बिरामी व्यक्तिको हातले खाना पकाएमा
मिति सकिएको खानेकुरा खानाले

फुड प्वाइजनको उपचार
खानामा विष हुने समस्या धेरै मानिसको उपचारको आवश्यकता पर्दैन् यदि आफुमा लक्षण देखिएमा आराम गर्ने र धेरै भन्दा धेरै तरल पदार्थ पिउने ।
जबसम्म शरीरलाई आराम मिल्दैन् तबसम्म खाना नखाने
प्रशस्त पानी पिउनुपर्छ, यसले चाडै नै रिकभरी बढाउनेछ ।

यदि सोही समयमा खाना खानु परेमा सजिलै पचाउने खालको खाद्यपदार्थ खाने । जति सकिन्छ पानी पिउन कोशिस गर्नुपर्छ । फुड प्वाइजन हुँदा शरीरमा पानीको कमी हुन दिनुहुँदैन् । नुन, ग्लुकोज र अन्य महत्वपुर्ण खनिजहरु पानीमा मिलाई पिउदा खाद्य विषक्तताको प्रभाव कम गर्न सकिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्