Logo

दुई दिनमै माधव नेपाल र महन्थ ठाकुर नेतृत्वको दलको नाम परिवर्तन



काठमाडौं, ४ भदौ । निर्वाचन आयोगमा दर्ताको निवेदन दिएको दुई दिनमै नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी लोकतान्त्रिकले नाम परिवर्तन गर्दैछन् । एमाले समाजवादी पार्टीले नेकपा एकीकृत समाजवादी नाम फेरेको छ ।

एमाले नेता राजेन्द्र पाण्डेसहित पुगेर नाम संशोधन गरेका छन् । नेकपा एमाले समाजवादी मूल पार्टीसँग मिल्दोजुल्दो नेकपा एमाले राखिएकाले निर्वाचन आयोगले अस्वीकार गर्ने मोखिक जानकारी गराएको थियो । त्यसपछि माधव नेपला खेमाका नेताहरु बसेर नाम परिवर्तन गरेका हुन् ।

जसपा लोकतान्त्रिक नाम राखेर महन्थ ठाकुरले नाम दर्ता गराएका थिए । उनले पनि मूल पार्टी जसपाको नाम राखेकाले अस्वीकार हुनसक्ने मौखिक जानकारी आएपछि नाम परिवर्तन गरेका छन् । उक्त पार्टीको नाम समाजवादी लोकतान्त्रिक पार्टी राखिएको छ ।

२ साउनमा माधव नेपाल नेतृत्वको नेकपा एमाले र राष्ट्रिय जसपा लोकतान्त्रिक दलका दुई पार्टी निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot