Logo

यी हुन् उडिरहेको सैनिक विमानबाट खसेका अफगानी फुटबल खेलाडी



एजेन्सी, ४ भदौ । अफगानिस्तानको काबुल विमानस्थलमा सोमबार एउटा दृश्यले विश्वकै ध्यान खिचेको थियो । उक्त दृश्यमा उड्न ठिक्क परेको अमेरिकी सैनिक विमानको अघि र पछि मानिसहरु दौडिरहेका देखिन्थे । कतिपय मानिसहरु पाङ्ग्रा र पखेटामा झुण्डिएका थिए ।

विमान उड्दा केही मानिस खसेको दृश्य समेत भाइरल भयो । दुई जना खसेको पुष्टि भयो । पाङ्ग्रा बस्ने ठाउँमा केही मानिसको शव भेटियो ।

बिहिबार खसेकामध्ये एकजना अफगानी फुटबल खेलाडी भएको खुल्यो । अफगानी युवा टोलीका राष्ट्रिय खेलाडी जाकी अनवारीको विमानबाट खसेर मृत्यु भएको त्यहाँको खेलकुद परिषदले पुष्टि गरेको छ ।

अनवारी जस्तै हजारौं अफगानी युवाहरु देश छाड्न चाहिरहेका थिए । तर, उनी अमेरिकी सैनिक विमानबाट खसे, अफगानी खेलकुद परिषद्सँग जोडिएको एउटा समूहले फेसबुकमा लेखेको छ ।

सी १७ विमानले उडान गर्ने नगर्ने द्वुविधानबीच ६४० जनालाई लिएर उडेको थियो । तर, विमान बाहिर झुण्डिएकामध्ये कतिपय पहिल्यै फाल हालेर बचेका थिए । कतिपय विमान बाहिरै परेपछि खस्ने र कतिपयको उडानका क्रममा अड्किएर मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्