Logo

सुरक्षा मामलामा नयाँ पुस्तक



काठमाडौं, ४ भदौ । नेपाली सुरक्षा रणनीति तथा राजनीतिक अस्थिरताबारे सेनाका पूर्व उपरथी पूर्णबहादुर सिलवालको कृति सार्वजनिक भएको छ । सोमबार अंग्रेजी भाषामा प्रकाशित योे कृति ‘नेपाल्स इनस्टाबिलिटी कोनन्ड्रम्स नेभिगेटिङ पोलिटिकल, मिलिटरी, इकोनोमिक एन्ड डिप्लोम्याटिक ल्यान्डस्केप नामको हो ।

सात अध्यायमा समेटिएको यस कृतिमा सिलवालले नेपालमा लामो समयदेखि अस्थिरताका कारण, नेपालको राजनीतिक, सेना, अर्थतन्त्र र कूटनीतिक क्षेत्रबारे विवेचना गरेका छन् । कृतिमा नेपाल राज्य स्थापनाको दर्शन र मूल्यमान्यता, आन्तरिक राजनीति र अस्थिरता, नागरिक–सेना सम्बन्ध, नेपालका विद्रोहीसँग लड्ने राज्यको रणनीति अनि विदेशी प्रभाव विषयमा विशेष रूपले वर्णन गरिएको लेखक सिलवालले बताए ।

विदेशी प्रभावअन्तर्गत छिमेकी देश भारत र चीनलगायत अमेरिका एवं बेलायतका राष्ट्रिय हित के/के थिए र यहाँ आफ्नो प्रभाव बढाउन ती चारै मुलुकले के र कस्ता रणनीति कार्यान्वयनमा ल्याएका थिए भन्नेलगायतका विषयमा एक सय १५ पृष्ठमा सविस्तार व्याख्या गरिएको छ । इन्स्टिच्युट फर नेशनल सेक्युरिटी स्टडिज नेपालले यो कृति प्रकाशन गरेको हो । यो पुस्तक बेचेर आएको रकम पुस्तक प्रकाशन गर्ने संस्थालाई नै दिइने कृतिकार सिलवालले बताए ।



प्रतिक्रिया दिनुहोस्