Logo

माधव नेपाल छाडेका एमाले नेताहरुको भेला : ओलीले १० बुँदे कार्यान्वयन नगरे विद्रोह* गर्ने



काठमाडौं, ४ भदौ । पार्टी एकताको लागि भन्दै आन्तरिक गृहकार्य गरिरहेका नेकपा (एमाले) का माधव नेपाल समूहमा रहेका तर पार्टी विभाजनमा नेपाललाई साथ नदिएका नेताहरुको छुट्टै भेला भएको छ । आज बसुन्धारास्थित् एक पार्टी प्यालेसमा भएको भेलाले पार्टी एकताको लागि अझै पहल गर्ने निश्कर्ष निकालेको हो ।

एकताको लागि यसअघि कार्यदले अघि सारेको १० बुँदे कार्यान्वयन हुनुपर्ने उनीहरुको बटमलाईन छ । यसको लागि अध्यक्ष केपी शर्मा ओलीलाई एक साताको समय दिईएको पनि बैठकमा सहभागी एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । दश बुँदे कार्यान्वयन नगरे विद्रोह गरिने यी नेताहरुको चेतावनी छ ।

हिजोमात्रै नेपाल समूहका साथ छोडेका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुषाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्तले संयुक्त विज्ञप्तीजारी गर्दै एकताको पक्षमा उभिन आम नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका थिए ।

उनीहरुले पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ जना सांसदलाई गर्ने भनिएको कारबाही फिर्ता लिनुपर्ने र फागुन २८ यता गरिएका सबै निर्णय फिर्ता लिनुपर्ने सर्त राखेका छन् । त्यस्तै, नेता नेपाललाई पनि पार्टी विभाजनमा गएको प्रक्रियाबाट ब्याक हुन उनीहरुको अपिल छ । file photo

एमालेका ९ नेताले ओलीलाई भने : माधव नेपालसहित १४ जनालाई गर्ने भनिएको कारबाही रद्द गर्नुहोस (वक्तव्यसहित)



प्रतिक्रिया दिनुहोस्

Screenshot