Logo

पशुपति फुड्सले जबरजस्ती कामबाट निकालेको भन्दै वीरबहादुर साउद मिडियामा (भिडिओसहित)



काठमाडौं, ४ भदौ । पशुपति फुड्सले जबरजस्ती कामबाट निकालेको भन्दै वीरबहादुर साउद न्याय खोज्दै मिडियामा आएका छन् । कम्पनीमा २०६१ सालदेखि कार्यरत साउदले कम्पनीका व्यवस्थापक राजेन्द्र देउडाले आफुलाई राजनीतिक आस्थाको कारण कारबाही गरेको गुनासो गरे ।

सर्वोच्च अदालत र श्रम कार्यालयले आफ्नो पक्षमा फैसला गरेको अवस्थामा कम्पनीको नाम परिवर्तन गरेको बताए । उनले भने,‘अहिले आकाश फुड्स र शिवम फुड्स नयाँ नाम राखिएको छ । श्रमिकहरुको अहिले बेहाल छ ।’

श्रम कार्यालयले राजेन्द्र देउडाको नाममा चिठ्ठी पठाएपनि हालसम्म कार्यान्वयन नगरेको उनको दुखेसो थियो । उनले भने, ‘देउडाजस्ता गैरकानुनी व्यक्तिले नेपालको कानुनको अपमान र धज्जी उडाउदै धेरै नेपालीलाई रुवाएका छन् ।’ उनले ६५ जना मजदुरलाई १ महिना अगाडि दबाब दिएर जबरजस्ती निस्काषित गरिएको पनि जानकारी दिए ।

उनले अब आफुलगायत ३/४ जना मात्र बाँकी रहेको र सर्वोच्च अदालतले पुनर्बहाली गर्न फैसला गरेको अवस्थामा पनि कम्पनीले चिठ्ठी नै बुझ्न नमानेको आरोप लगाए । उनले श्रमको कर्मचारीले घरमै लगेर चिठ्ठी दिँदा पनि देउडाले नबुझेको स्पष्ट पारे । उनले ७ वर्षदेखि आफुले पारिश्रमिक नपाएको समेत बताए ।

कुनै मजदुर युनियनले पनि आफुहरुलाई सहयोग नगरेको उनको भनाई थियो । २०७८ बैशाख १३ गते सर्वोच्चले गरेको र २०७२ मा श्रम कार्यालयले गरेको फैसला हालसम्म कार्यान्वयन नगरेको बताए । उनले आफुले भनेको मान्नेहरुलाई मात्र राख्ने र भनेको नमान्ने आफुहरु जस्तालाई जबरजस्ती निकालेको आरोप लगाए ।

 



प्रतिक्रिया दिनुहोस्