Logo

बाध्य भएर विद्रोह गर्दै हामीले नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी) गठन गरेका छौं : नेपाल



काठमाडौं, ४ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूहरुले बाध्य भएर विद्रोह गरेर नयाँ पार्टी गठन गरेको स्पष्ट पारेका छन् । उनले नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलनमार्फत चाहेको संस्कृति एवम् समृद्धिको लागि आफूहरुलाई सबै जनताबाट सकारात्मक सहयोग हुने पनि अपेक्षा लिएका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष नेताले भनेका छन्,‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं । नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ ।”

नेता नेपालले थप भनेका छन्,‘हाललाई हामीले साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरु, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला हाम्रो तर्फबाट थपिनुभएका कमरेडहरु, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरु, संघीय संसदका सांसद कमरेडहरु एवम् वैधानिक प्रावधान अनुसार पु¥याउनु पर्ने महिला कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ । हाम्रो दर्ता प्रक्रिया बैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला/सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौँ ।”



प्रतिक्रिया दिनुहोस्