Logo

लगातार तेस्रो जित निकाल्दै पीएसजी फ्रेन्च लिगको शिर्ष स्थानमा



काठमाडौं, ५ भदौ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ४–२ गोल अन्तरले पराजित गर्दै पीएसजीले अपराजित यात्रा कायम राखेको हो ।

खेलको २३ औं मिनेटमा हेरेराले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । खेलको ४२ औं मिनेटमा फ्रान्कले गोल गर्दै ब्रेस्टलाई २–१ को स्थितिमा ल्याए । ७३ औं मिनेटमा इद्रिसाले गोल गर्दै पीएसजीलाई ३–१ को अग्रता दिलाए ।

८५ औं मिनेटमा ब्रेस्टका स्टिभले गोल गर्दै खेल ३–२ को अवस्थामा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा डी.मारियाले गोल गर्दै पीएसजीलाई ४–२ गोलको जित दिलाए । यस जितसँगै पीएसजीले ३ खेलमा ९ अंक जोडदै शीर्ष स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्