Logo

ठाकुर गैरेलाई ऋषि धमलाको प्रश्न : माधव नेपालसँग जानुहुन्छ कि ओलीसँग सम्झौता गर्नुहुन्छ ? (भिडिओसहित)



काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का प्रभावशाली युवा नेता ठाकुर गैरेले आफूहरु अहिले पार्टी एकताको पक्षमा उभिएको स्पष्ट पारेका छन् । पार्टीलाई विभाजनबाट रोक्दै एकता अभियान अघि बढाउने पक्षमा उभिएको गैरेको भनाई छ ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमालेको आन्तरिक एकता सम्भव रहेको र आफूहरु दृढ रहेको जिकिर गरे ।

उनले आफूहरु पार्टी विभाजन रोक्नको लागि हिजोमात्रै आफूहरुले एकता अभियान चलाएको जानकारी दिए । उनले छलफल र सम्वादमार्फत नै एकता जोगाउन सकिने विश्वास दिलाए । उनले यसअघि कार्यदलले अघि सारेको एकता प्रतिवेदनलाई आधार मानेर नै एकता बचाउन सकिने धारणा राखे । भोलि आफूहरुको पोजिसन कता हो ? भनेर कित्ता क्लियर नगरेको पनि उनको जिकिर छ । file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्